१९ मंसिर २०७९, सोमबार | Mon Dec 5 2022

थप २० जनामा कोरोना संक्रमण पुष्टि, ३४ कोरोनामुक्त

१३ कार्तिक, काठमाडाैं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ सय २९ पिसिआर परिक्षणका क्रममा ९ जना र ८ सय ५५ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १६:१८