८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपालको साफ च्याम्पियनसिप सपना अधुरो, माल्दिभ्सले सेमिफाइनलबाटै घर फर्काइदियो


२७ भदाै, काठमाडाैँ । नेपालको साफ च्याम्पियनसिपको फाइनल खेल्ने सपना अधुरो बनेको छ। नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० ले पराजित हुँदै  घर फर्किएको छ ।

नेपाल २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा यसअघि पनि चार पटक सेमिफाइनल पुगेको थियो तर फाइनलमा पुग्न भने रोकिदै अाएको छ । आजको खेल जित्दै फाइनलमा स्थान बनाएर नेपाल इतिहास रच्न चाहान्थ्यो तर ३–० को पराजय व्यहोर्दै घर फर्किएको छ । माल्दिभ्सले खेलको ९ औ, ८३ औ र ८६ औ मिनेटमा नेपालविरुद्ध गोल गरेको थियो। नेपाललेभने खेलमा कुनै गोल गर्न सकेन्।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार १८:२६