७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

रवि लामिछाने चितवन ३ बाट चुनाव लड्ने, मतपत्र सुरक्षाको ग्यारेन्टी माग


१८ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन ३ बाट चुनाव लड्ने भएका छन । उनका सहयोगी दीपक बोहोराले लामिछानेले चितवन ३ बाटै चुनाव लड्ने सम्भावना बढेको बताएका छन । लामिछाने भने चितवनको चुनावी कार्यक्रमकै बीचमा डेंगु संक्रमण भएर काठमाडौँ फर्किएका छन ।

उनले चितवनको चुनावी सभामा मतपत्रको सुरक्षा हुने ग्यारेन्टी भए आफू चितवन ३ बाट चुनाव लड्न तयार रहेको घोषणा गरेका थिए । विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएका अनेक घटनाक्रम सम्झदै अध्यक्ष लामिछानेले मतपत्रको सुरक्षाको बारेमा चिन्ता गरेका थिए ।

लामिछानेले मतपत्र सुरक्षाको माग गर्दै उम्मेदवारी घोषणा गरेको ६ दिनपछि लामिछानेकै सहयोगी बोहोराले पनि चितवन ३ बाटै चुनाव लड्ने संकेत गरेका हुन । प्रचण्डले भने सुरक्षाको खोजीमा गोरखा २ मा चुनाव लड्ने निर्णय गरेका छन । प्रचण्डले गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको थाहा पाएपछि चितवनका पाँच दलका प्रतिनिधिले मंगलबार संयुक्त विज्ञप्ति निकालेर चितवनबाट नभाग्न अपिल गरेका छन ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार २२:४८