७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रचण्डले गोरखा २ मा जाने निर्णय लिएपछि बाबुरामले चुनाव नलड्ने निर्णय गरेका थिए


१८ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ मा चुनाव लड्न जाने तयारी गरेपछि डा बाबुराम भट्टराईले चुनावमा नजाने निर्णय लिएको खुलसा भएको छ ।

केही दिनयता बाबुरामले अब पार्टीको काम मात्रै गर्ने घोषणा गरेको विषय सार्वजनिक चर्चा भैरहेको छ । बाबुराम पछिल्लो समय नेकप माओवादी केन्द्रमै फर्किन तयार भएका छन । उनले प्रचण्डपछि नेतृत्वको रूपमा माओवादीमा काम गर्न पाउने आशमा गोरखा २ समेत छाड्न तयार भएको माओवादी स्रोतले जनाएको छ।

उनी पछिल्लो समय पुनर्गठन गरेको शक्तिसहित माओवादीमा विलय हुने तयारीमा छन । नुवाकोटका दीपक लामिछानेले नेतृत्वको गरेको पार्टी पुनर्गठन गरेर अध्यक्ष भएका बाबुरामले अहिले प्रचण्डलाई गोरखामा सहयोग गर्दा माओवादी अध्यक्ष पाउने आश्वासन समेत पाइसकेका छन ।

चितवन ३ मा एमाले र राप्रपाको तालमेल हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि सोही क्षेत्रमा चुनाव लड्ने तयारी गरेका छन । त्यस्तो अवस्थामा प्रचण्डले आफूलाई चुनाव निकै महंगो पर्ने अनुमान गरेका छन ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार २२:२८