१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गोरखाबाट चुनाव लड्न खोजेपछि प्रचण्डलाई पाँच दलको अपिल, तपाई चितवनबाट नभाग्नुस्


१८ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट चुनाव लड्ने तयारी गरेपछि चितवनका पाँच दलले भागेर नजान अपिल गरेका छन । उनीहरूले चितवनबाटै चुनाव लड्न अपिल गरेका छन ।

कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षमा बसेको बैठकमा माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेमराज भुजेलले संयुक्त विज्ञप्ति मार्फत अपिल सार्वजनिक गर्दै प्रचण्डलाई चितवन नछाड्न अपिल गरेका हुन ।

गठबन्धनका दलहरूले प्रचण्ड चितवनबाट भाग्दा देशव्यापी राम्रो सन्देश नजाने बताएका छन । पछिल्लो दिनमा सुरक्षित क्षेत्र भन्दै प्रचण्ड गोरखाबट चुनाव लड्ने तयारी गरेपछि डा बाबुराम भट्टराईले गोरखामा चुनाव नलड्ने घोषणा गरिसकेका छन ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार २२:०८