७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति भण्डारीले गरीन् काठमाडौँका बिभिन्न शक्तिपीठको दर्शन


१७ असाेज, काठमाडाैं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका बिभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् । राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा लगाएतका शक्तिपिठमा पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरी ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा छ । बडादसैँको आठौँ दिन सोमबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार १७:३८