७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएर ब्ल्याकमेलिङ गर्ने युवती भक्तपुरबाट पक्राउ


१५ असोज, काठमाडौँ । बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएर ब्ल्याकमेलिङ गर्ने एक युवती भक्तपुरबाट पक्राउ परेकी छिन । आफूमाथि बलात्कार भएको भन्दै झुटो उजुरी दिएकी एक युवती पक्राउ परेकी हुन ।

नवलपरासीको वर्दघाट चिसापानी स्थायी घर भई काठमाडौंको जडिबुटीमा डेरा गरी बस्ने ३४ वर्षकी ती युवतीलाइ पक्राउ गरेर थप अनुसन्धान भैरहेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

ती युवतीले लोकन्थलीमा बेहोस बनाएर एक पुरूषले आफूमाथि बलात्कार गरेको भन्दै झुटो निवेदन दिएकी थिइन ।

 बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १७:३७