७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल लाइफको कल सेन्टर दसैँंको विदाको समयमा पनि सञ्चालनमा रहने


१४ असोज, काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजेसम्म संचालन गर्नेछ ।

आदरणीय ग्राहक महानुभावहरुले यस इन्स्योरेन्सको कल सेन्टर मा कल, इमेल, ह्वाट्स, भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नु हुनेछ । यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार २०:५२