६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

राष्ट्रियगानका रचनाकारको रूपमा सरकारले मलाई गाैरव गर्न लायक व्यवस्थापन गरोस्ः व्याकुल माइला


१४ असोज, काठमाडाैँ । राष्ट्रियगानका राचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ले राष्ट्रले आफूलाई गौरव गर्न लायक व्यवस्थापन गर्नुपर्ने बताएका छन । दैनिकी संवादमा माधवप्रसाद तिवारीसँग कुरा गर्दै राईले आफूलाई सारा विश्वले नियालीरहेका कारण राम्रो व्यवस्थापन गर्नुपर्ने बताए ।

आफू ५० वर्षको भैसकेको अब बढीमा २०/२५ वर्ष बाँच्ने भन्दै राईले राष्ट्रिय गानका रचनाकारको गौरवगर्न लागयक व्यवस्थापन गर्नुपर्ने बताए । उनले ५० हजार रूपैयाँ भत्ताको बिरोध र समर्थनमा जेसुकै प्रतिक्रिया भएको भए पनि दसैँको मुखमा आफ्ना लागि सरकारले सरप्राइज दिएको बताए ।

आफू सार्वजनिक व्यक्तित्व भएको भन्दै त्यसलाई व्यवस्थापन गर्न खर्चिलो हुने अनुभव हाँसिल गरेको बताए । उनले राज्यले राष्ट्रियगानको रचनाको अवसर दिएपछि आफूले कानुनी पेशा समेत गर्न नपाएको बताए । अन्य कुनै पेशा व्यवसाय गर्न पनि पाइएन, सबैले बोलाउँदा जानै पर्यो हातमुख जोर्नै समस्या हुने भएपछि सरकारले केही भए पनि सकारात्मक निर्णय गरिदिएछ, राईले भने । राईसँगको कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहून्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०९:५१