१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नागरिकता बेचेर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च भयोः पूर्वराज शाह (भिडियो)


१४ असोज, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै नागरिकता बेचेर वास्तविक नेपालीलाई धरापमा पार्ने प्रपन्च भएको बताएका छन । उनले शुक्रबार एक भिडियो सन्देश सार्वजनिक गर्दै बाहिरियाहरुलाई भित्राएर वास्तविक नेपालीलाई धरापमा पार्ने कोशिश हुन लागेको उल्लेख गरेका छन ।

उनले देश जोगाउनका लागि बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन जरुरी रहेको बताएका छन । उनले नेपाललाई फेरि महान बनाउनु पर्ने बताएका छन । १० मिनेट लामो भिडियो सन्देशमा उनले एकातिर युवाहरु विदेश पलायन हुने र अर्कोतिर बाहिरियाहरुलाई भित्राउने प्रपन्च रचिएको भन्दै उनले नेपालको धर्म, संस्कृति र सभ्यतामाथि घातक प्रहार भएको उल्लेख गरेका छन । 

शाहले भनेका छन्, ‘देशका प्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था, संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ ।’ उनले राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा पुगेको पनि बताएकाछन ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०९:३५