१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

रवि लामिछानेलाई उच्च ज्वरो, चितवनबाट फर्किए, चुनावी कार्यक्रम स्थगित


१४ असोज, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बिरामी भएका छन । लामिछानेलाई डेंगु संक्रमण भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएक छन । डेंगुसँगै उच्च ज्वरो देखिएपछि लामिछाने बिहीबार दिउँसो चितवनबाट काठमाडाैँ फर्किएका छन ।

उनले डेंगुबाटरे जानकारी दिँदै भनेका छन, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण देखिन थालेको थियो । आज परिक्षण गराउँदा डेंगु देखियो । डाक्टरको सल्लाह अनुसार केही दिन आराम गर्नु पर्ने भएकाले भरतपुर, तनहुँ, लम्जुङ, गोर्खा लगायतका कार्यक्रमहरुमा सहभागी हुन नसकिने कुराको जानकारी गराउँदछु ।’

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०९:२६