६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्यः पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)


१४ असोज, काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्थामा पुगेको बताएका छन । शुक्रबार एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरेका छन ।

शाहले राजनीतिक दलहरू भागबण्डा र सत्ता स्वार्थमा रूमलिएको बताउँदै यसले जनतामा निराशा देखिएको बताएका छन । दलका गतिबिधिबाट जनतामा उत्साह नभएको र मुलुकमा भविष्य निर्माणको कुनै भरोसा पनि नदेखिएको बताएका छन ।

शाहले देश हार्ने अवस्थामा पुग्न लागेको भन्दै हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न नहुने बताएका छन । उनले विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको बताएका छन ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०८:५९