१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

समानुपातिकको बन्द सूचीमाथि काँटछाँटको अधिकार अध्यक्ष ओलीलाई दिने एमालेको निर्णय


१४ असोज, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले समानुपातिकको बन्दसूची माथिको काँटछाँटको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । अध्यक्ष ओलीको निजी निवास भक्तपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव समेत रहेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

उनले बन्दसचूीमा थपघटको सबै अधिकार अध्यक्षलाई दिएको बताए । यसअघि बुझाएको बन्दसूचीमा धेरै समस्या नभए पनि केही प्राविधिक विषय मिलाउने गरी अध्यक्षलाई अधिकार दिइएक उनले बताए । गुरूङले शनिबारसम्ममा एमालेले निर्वाचन आयोगमा अन्तिम बन्दसूची बुझाउने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०८:३७