१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

फ्लोरक्रस गरेर समाजवादीमा पूगेका पूर्वमन्त्री बुढा एमालेमै फर्किए


१३ असोज, काठमाडाैँ । फ्लोरक्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा एमालेमै प्रवेश गरेका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि बुढा समाजवादीमा पुगेका थिए ।

उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका थिए । बिहीबार एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

प्रदेशसभाको टिकट पाउने गरी उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा धनबहादुर बुढाले एकलौटी गरेका भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १६:१७