७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बहुमत ल्याउने दाबी गरेका माधव नेपालको पार्टीले जम्मा १७ स्थानमा उम्मेदवारी दिने


१३ असोज, काठमाडौँ । अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टीले जम्मा १७ स्थानमामात्र प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने भएको छ । पाँच दलीय परमादेशी गठबन्धनको एउटा घटक समाजवादीले १६५ मध्ये १७ स्थानमा उम्मेदवारी दिने सहमति भएको नेताहरूले बताएका छन ।

समाजवादीले नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका आफ्ना सांसदहरू भएको क्षेत्र र अन्य ३ स्थानमा गरी जम्मा १७ स्थानमा मात्र उम्मेदवारी दिन पाउने गरी समझदारी बनेको हो ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी एक्लैले बहुमत ल्याउने र देशैभर उम्मेदवारी दिने भन्दै पटक पटक अभिव्यक्ति दिएका थिए । यद्यपी १४८ क्षेत्रमा समाजवादीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपका लागि चुनावी अभियान चलाउने भएको छ ।

समाजवादीले काठमाडाैँ, राैतहट, धादिङ, इलाम, गुल्मी, डोल्पा, डोटी, दाङ लगायतका जिल्लामा उम्मेदवारी दिनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०९:१३