७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दलभित्रको अन्तरिम बिद्रोहले स्वतन्त्रको सरकार बन्ने सम्भावना छः अधिवक्ता विनोदमणि भट्टराई


१३ असोज, काठमाडौँ । मोरङ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अधिवक्ता विनोदमणि भट्टराईले सबैजसो राजनीतिक दलमा भएको अन्तरिम बिद्रोहका कारण मंसिर ४ पछि स्वतन्त्रहरूकै सरकार बन्ने सम्भावना समेत रहेको बताएका छन ।

दैनिकी संवादमा कुरा गर्दै अधिवक्ता भट्टराईले अहिले नै राजनीतिक दलहरूको विकल्प खोज्ने समय नभएको भए पनि दलहरूको खबरदारी लागि अन्तरिम बिद्रोह भने ढिलै भैसकेको बताए । उनले युवा जागरण र दलहरूभित्र पनि चेतनास्तर बढेका कारण आगामी चुनावमा स्वतन्त्रहरूले परम्परागत राजनीति गरिरहेका दलहरूलाई कडा सन्देश दिने बताए ।

आफूले मोरङ २ को जनताको तर्फबाट धेरै नै सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेको भन्दै मंसिर ४ को सुखद् प्रतिक्षा गरिरहेको बताए । आफ्नो मुख्य एजेण्डा भनेके जनताको दुःख र सुखका कुरा भएको भन्दै राजनीतिक दलहरूको जस्तो पूरा नहुने आश्वास बाँडेर नहिड्ने बताए । उनले सम्भव हुँदासम्म निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुग्ने प्रयास गर्ने भन्दै आफ्नो चुनाव खर्चिलो नहुने बताए।

बेथिति र राजनीति दलप्रति युवाहरूमा बढेको बितृष्णा कम गराउन आफूले पनि स्वतन्त्र उम्मेदवारी मार्फत अघि बढेको बताए । उनले जनताले संसदमा पुर्याए उनीहरूकै दैनिकी बोकेर हिड्ने बताए । भट्टराईसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०८:४०