१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

न्याबद्वारा बास्केटबल खेलाडीहरू सम्मानित, आवेद केसी बने बर्षको उत्कृष्ट खेलाडी


१२ असोज, एडिलेड । नेप्लिज एडिलेड बास्केटबल(न्याब)ले खेलाडीहरुको सम्मानित गरेको छ |  यस बर्ष समेत न्याब बास्केटबल साउथ अष्ट्रेलियाद्वारा सेप्टेम्वर ६ मा आयोजित लाइट्स स्पोर्ट्स सेन्टरमा भएको विन्टर लिगको फाइनलमा दोस्रो पटक उपविजेता हुन सफल भएको थियो ।

सोहि खेलका आफ्ना खेलाडीहरु तथा यस बर्ष न्यावको आयोजना भएको खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडीहरुलाई सम्मान गरेको थियो । सम्मानित खेलाडीहरुलाई क्लवका मुख्य प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनका निर्देशक प्रकाश थापा तथा न्याबका अध्यक्ष रोस धमलाले सम्मान गरेका थिए ।

खेलाडीहरुमा साथमा बर्षका उत्कृष्ट खेलाडीहरु आबेद केशी र पेम्वा शेर्पा (पहिलो लहरमा) ।

सम्मानित हुने खेलाडीहरु तुफान ठकुरी (कप्तान), सागर ढेके, राइन धमला, रुद्र पन, मञ्जिल भट्ट, ओबेद केसी, पेम्बा शेर्पा, प्रमेश क्षेत्री रहेका छन् ।भने क्लवद्धारा आयोजित प्रतियोगिता तथा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ओबेद केशीलाई मोस्ट भ्यालुयवल प्लेयरको सम्मान र पेम्बा शेर्पालाई मोस्ट इम्प्रुभ्ड प्लेयर सम्मान प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि मुख्य प्रायोजक ग्रेस इन्टरनेशनलका निर्देशक थापाले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाली समुदायका प्रतिभावान् खेलाडीहरुमा क्लवमा जोड्दै अगाडि बढ्न आग्रह गरेका थिए ।

क्लवकी उपाध्यक्ष बुद्धसार सुनारले क्लवको विगतको प्रगति विवरण सहित आगामी कार्य योजना प्रस्तुत गरेकी थिइन । सुनारद्वारा प्रस्तुत कार्य योजनामा आगामी बर्ष २०२३मा मुख्य गरि नयाँ खेलाडीहरुलाई क्लवमा जोड्ने, प्रतियोगिताहरु आयोजना गर्ने, बिभिन्न संस्थाहरुद्वारा आयोजित प्रतियोगिताहरुमा सहभागी हुने लगायत रहेको छ ।

नेप्लिज एडिलेड बास्केटबल(न्याब) अध्यक्ष रोष धमला ।

कार्यक्रममा अध्यक्ष रोष धमलाले क्लबलाई स्थापना देखी सहयोगी गर्ने सहयोगी तथा खेलाडीहरुलाई धन्यवाद व्यक्त गर्दै निकट भविष्यमा हुन गैरहेको बार्षिक खसी कपमा अन्य राज्यहरुबाट समेत टिमहरु आउने भएकाले त्यसलाइ भव्य वनाउन आ आफ्नो स्थानबाट क्रियाशिल हुन सबैमा अनुरोध गरेका थिए । कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष सागर ढेकेले सम्मान कार्यक्रममा उपस्थिति हुने सबैमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा भरखरै सम्पन्न क्लबको साधारण सभाबाट रोष धमलाको अध्यक्षतामा २०२२-२०२४का लागि नव गठित समितिको परिचय समेत गराइएको थियो । जसमा उपाध्यक्ष बुद्धसार सुनार, सचिव प्रमेश क्षेत्री, कोषाध्यक्ष सागर ढेके जनसम्पर्क अधिकृत राइन धमला तथा कार्यकारी सदस्यहरु: सनम महर्जन, डेनिस गुरुङ, तुफान ठकुरी रहेका छन् ।

ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनका निर्देशक प्रकाश थापा ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार २२:३६