१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

थप ३८ मा कोरोना सङ्क्रमण पुष्टि


१२ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार आठ सय १८ को नमूना परीक्षण गरिएको थियो । एक हजार दुई सय ८४ ले पिसिआर र एक हजार पाँच सय ३४ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ५२ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८६ हजार पाँच सय ४७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय २२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । होम आइसोलेसनमा एक हजार एक सय ७०, संस्थागत आइसोलेसन ५२ र आइसियुमा १२ जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ रहेको छ । सून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, हुम्ला, डोल्पा, कालीकोट, रुकुम पश्चिम, जाजरकोट, दैलेख, मुगु, जुम्ला, र दार्चुला रहेका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा चार सय ५५, ललितपुर एक सय ५० र भक्तपुरमा २० सक्रिय सङक्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १९:१०