१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समाज रुपान्तरणको सन्देश बोकेको केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’ (भिडियोसहित)


१२ असोज, काठमाडाैँ । समाज रुपान्तरणको सन्देश बोकेको केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’ पनेरूको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

स्वरूपराज आचार्यले गायको गीतको शब्द केदार पनेरूले लेखेका हुन । पनेरूले मानिसका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीतको रचना गरेका छन । नेपाल सरककार पूर्वसहसचिव पनेरू कला र साहित्यको क्षेत्रमा चिरपरिचत नाम हो ।

 ‘सुखी हुनु छैन मलाई’मा  कृति न्यौपानेले संगीत भरेका छन् । थोरै भए पनि समाज रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यले गीत रचना गरिएको पनेरूले बताए ।

भिडियोमा कलाकार मञ्जु श्रेष्ठ र सुनिल बन्जाडे, स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का र स्वयं रचनाकार पनेरूको समेत अभिनय रहेको छ ।

वसन्त सापकोटाले निर्देशन गरेको भिडियो दिनेश पराजुलीले छायांकन गरेको हुन भने सम्पादन राकेश दाहालले गरेका हुन ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार ०७:३३