१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

मैत्रीपूर्ण टेनिसमा टिम साउथ अष्ट्रेलिया विजयी


८ असोज, एडिलेड । नेप्लिज टेनिस क्लब अष्ट्रेलियाको आयोजनामा एडिलेडमा नेप्लिज कम्युनिटी टेनिस क्लव भिक्टोरिया र नेप्लिज टेनिस क्लब अष्ट्रेलिया बिच शुक्रवार र शनिवार भएको मैत्रीपुर्ण खेलमा टिम साउथ अष्ट्रेलिया विजयी भएको छ ।

खेलमा ४१ खेल मध्ये साउथ अष्ट्रेलियाले २१ खेलमा विजयी भएर विजेताको उपाधि हाशिल गरेको छ । खेलको पुरुष सिङ्गल तर्फको फाइनल खेलमा भिक्टोरियाका भेष बहादुर थापाले टाइपरेकडमा साउथ अष्ट्रेलियाकै राजेन्द्र कार्की माथी बिजय हासिल गरेर उपाधि हासिल गर्न सफल भएका थिए । त्यसै गरि डवल तर्फको खेलमा साउथ अष्ट्रेलियाका भेष बहादुर थापा र अमर खड्काको जोडिले साउथ अष्ट्रेलियाका राज बहादुर केशी र यदु आचार्यको जोडी माथी बिजय हासिल गरेका थियो ।

खेलका विजयी खेलाडीहरुलाई कप मेडल र प्रमाण पत्र तथा सहभागीहरुलाई मेडल तथा प्रमाण प्रदान गरिएको थियो ।खेलाडीहरुलाई पुरस्कार वितरण नेप्लिज टेनिस क्लब अष्ट्रेलिया अध्यक्ष सुपक अधिकारी, खेलाडी तथा एडिलेड नेपाली समाजका पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मी, मुख्य प्रायोजक लोनसोलुसनका अशोक एसी लगायतले गरेका थिए ।

कार्यक्रममा नेप्लिज कम्युनिटी टेनिस क्लव भिक्टोरियाका अध्यक्ष कुमार आलेले आतिथ्यका लागि नेप्लिज टेनिस क्लब अष्ट्रेलिया परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रम समापन गर्दे नेप्लिज टेनिस क्लब अष्ट्रेलियाका सचिव तथा कार्यक्रम संयोजक बलराम भण्डारीले खेलाडी तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

डवल तर्फको खेलमा बिजेता साउथ अष्ट्रेलियाका भेष बहादुर थापा र अमर खड्काको जोडी ।
सिङ्गल तर्फको फाइनल खेलका बिजेता साउथ अष्ट्रेलियाका भेष बहादुर थापा ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १८:१४