७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


७ असोज, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।

यो ट्रेजरी बिल पुस १२ गते परिपक्व हुनेछन्। त्यस्तै, बैंकले १८२ दिनका् लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको आउँदो आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १४:४०