१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा अभियान लघुवित्तको आईपीओ सूचीकृत


७ असोज, काठमाडाैँ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो ।

पहिलो कारोबारका लागि लघुवित्तको आईपीओलाई नेप्सेले न्युनतम १०५ रुपैयाँ ३६ पैसा देखि अधिकतममा ३१६ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही मूल्यलाई आधार मानेर आइतबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा किनबेच हुनेछ । नेप्सेले अभियान लघुवित्तलाई AVIYAN कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १४:३९