७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि राजनीतिक नेतृत्व गर्नुपर्छः बाँस्कोटा


७ असोज, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकाल सकिएपछि राजनीतिक नेतृत्व गर्नुपर्ने बताएका छन । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोलिटब्यूरो सदस्य बाँस्कोटाले विवादित नागरिकता विधेयकको बारेमा विभिन्न टिप्पणी आइरहेको अवस्थामा बिहीबार राति बाँस्कोटाले यस्तो बताएका हुन ।

उनले पूर्व राष्ट्रपति डा रामवरण यादवले पनि राजनीतिक गरिरहेको भन्दै वर्तमान रास्ट्रपतिले कार्यकाल सकिए पछि सोझै राजनीतिक नेतृत्व गरे राम्रो हुने बताएका हुन । उनले भनेकाछन, ‘पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था छैन । राजनीतिबाटै उनीहरु रास्ट्रपति बनेका हुन्छन । एकमात्र पुर्व रास्ट्रपतिले पुर्वमान्यता अनुरुपको राजनीति गरेकै छन । मेरो सिधा मत छ वर्तमान रास्ट्रपतिले कार्यकाल सकिए पछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।’

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ०९:०८