८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

-जेपी सिलवाल

अघिल्लो सरकारले जनताको पक्षमा केही काम गर्ना साथ अवरोध गर्ने एउटा समुह थियो, (कथित) नागरिक समाज । जब केपी ओली सरकारलाई अदालतले हटायो, त्यसको केही दिन पछि ती अभियान्ता भनौदाहरु गायब भए !

मानौ, देशमा रामराज्य सुरु भयो। पुर्ण रुपमा सुशासनको प्रत्याभूती भयो, कानुनी राज्य भयो, दन्डाहिनताको अन्त्य भयो।

कामनपाको अघिल्लो मेयर विद्यासुन्दर शाक्यले जीर्ण कमलपोखरीको पुन:निर्माण गर्ने, पोखरामा स्वच्छ पानी राख्ने, वरिपरि फूल सहितको बगैंचा बनाउने कामको थालनी गरे । तब केही कथित अभियान्ताहरु कमलपोखरीको टीका लगाएर जुलुस सहित बालुवाटार घेर्न गए, कमलपोखरी बचाउने भन्दै। (अहिले कमलपोखरीको रुप आफै हेर्न सकिन्छ)

देउवा सरकार आएपछि पेट्रोलियम पदार्थ अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ। दैनिक जीवनयापन गर्ने सामग्रीहरुको २००% प्रतिशत भन्दा बढी छ । यस्तो हुँदा सम्बन्धित निकाय त मौन छ नै, आफूलाई नागरिक अभियान्ता/नागरिक समाज भन्न रुचाउने केही थान पेशेवर आन्दोलनकारीहरु खै? हुन त तिनीहरुको घरमा यस्ता चिजहरु सित्तैमा पुग्छ होला,नत्र त मूल्य बढेको थाहा पाउन पर्ने हो।

देउवाले सरकारको नेतृत्व गरेपछि

– अत्याधिक मूल्यवृद्धि

– बलात्कारको घटना दिनानुदिन बढेको बढ्यै

– दिनदहाडै राजधानीमा नागरिकको हत्या

– शान्ती सुरक्षाको अवस्था दयनीय

– लुटपाट, अपहरण आदि अत्याधिक बढेको ।

यी र यस्ता खाले घटना हुँदा कथित नागरिक समाज किन मौन? कि मस्त हन्डी पाए ??

१) संविधानको उल्लंघन

– बहालवाला प्रन्या लाई महाअभियोग प्रस्ताव दर्ता गरियो तर ६ महिनासम्म फाइल अघि बढेन ।

– जब महाअभियोग पारित हुन नसक्ने भयो, तब उनलाई निवासमै नजरबन्दमा राखियो ।

– संसदको अवधी सकिदा समेत सभामुख कुन हैसियतले झन्डावाल गाडीमा आवातजावत गरेको ?

– सरकार गठन भएको ३० दिन भित्र बुझाउनुपर्ने मन्त्रीको सम्पत्ति विवरण किन नबुझाएको ?

आदि ।

२) स्वास्थ्यमा खेलाँची !

– अघिल्लो सरकार (केपी ओली ) सरकारले ल्याएको कोभिड विरुद्धको खोप न्यायोचित ढंगले लगाउन नसकेको। २० लाख भन्दा बढी खोप बेपत्ता पारेको।

– केही समय पछि कोभिड विरुद्धको खोप होटल, क्याफे आदि ठाउँमा निर्वाध रुपमा लगाउदै भेटियो। जसमा काङ्ग्रेसका जिम्मेवार नेता/कार्यकर्ता संलग्न भएको पुष्टि हुँदा समेत सरकार मौन ।

– अहिले डेङ्गुले व्यापक महामारीको रुप लिदा सरकारले चेकजाँच गर्न समेत सकेन । सरकारले गरेको एउटै महत्त्वपूर्ण काम भनेको “लामो कपडा लगाउ, झुल टाँगेर सुत” भन्ने मोबाइल रिङ ब्याक टोन राखेर दिएको सन्देश ।

र, जो बाट आश हुन्छ, आलोचना हुने उसैको हो। देउवा सरकार सँग जनताको आश, अपेक्षा, भरोसा केही थिएन र छैन् पनि। तर सरकारले जति गर्न सक्ने हो, त्यो समेत नगरी सिर्फ लुट्ने मात्र काम गरिरहेका छन्, त्यो मात्र नगरे हुन्थ्यो ।

३) राष्ट्रपति माथी निरन्तर प्रहार

संविधानको संरक्षक रास्ट्रपति बाट रास्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै मस्त निन्द्रामा रहेका केही डलरे आन्दोलनकारीहरु पुन माइतीघरको दुबो माड्न आउदैछन् रे !

ती कथित अभियान्ताले के बुझ्न जरुरत छ भने, देश जोगाउनुको लागि कहिलेकाहीँ अप्रिय निर्णय गर्नुपर्छ । र, उक्त निर्णय कार्यान्वयन गर्नुपर्छ।

राणा शासनमा चक्रपाणी चालिसेले “पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको भए, यो राणाहरुले कहाँ शासन गर्थे” ? भनेर परिक्षामा लेखे बापत उनले जेल सजाय समेत पाएका थिए । ब्रह्माण्ड भएकै कारण जेल परेका नत्र उनको फाँसी हुन्थ्यो।

त्यस्तै अवस्था छ, अहिले ।
नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ।

(लेखक सिलवाल नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीको सदस्य रहेका छन ।)

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार २०:४८