१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतमा प्रचण्डको खुलासाः अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पाउने सर्तमा पार्टी एकीकरण


२५ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा दुई वर्षभित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकीकरण गरिएको खुलासा गरेका छन् ।

 भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का लागि प्रशान्त झासँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले दुई वर्षभित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकता गरेको खुलासा गरेका हुन ।

चारदिने भारत भ्रमणका क्रममा उनले भारतीय राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्दै नेकपा एकीकरणको अान्तरिक सहमतिको ब्रिफिङ गरेका थिए । अन्तर्वार्तामा ‘यदि यी दुईमध्ये कुनै पद नदिइए के हुन्छ’ भनेर झाले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि के हुन्छ, हामी हेर्दै जानेछौं । अहिले हामी पूर्ण इमानदार भएर अगाडि बढिरहेका छौं। म त्यही रुपमा नै अघि बढिरहेको छु। भारतीय नेतालाई पनि मैले यही भनेँ ।’ प्रचण्डको अन्तर्वार्ता यहाँ हेर्नुहोस् । 

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १५:४०