१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेयर बजारमा ९.८३ अकंको गिरावट, कारोबार ६५ करोडमा सिमित


६ असाेज, काठमाडौं । साताको चौथो कारोबारको दिन सुधार देखिएको सेयर बजार आज पाँचौ कारोबारको दिन बिहीबार फेरी ओरालो लागेको छ । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ९.८३ अकंले घटेर १८३८.९६ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता सेयर किनबेच हुदाँ ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १४३ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज सामलिङ पावर कम्पनीको सेयरमुल्य ९.९८ प्रतिशतले बढेको छ । कारोबारको हिसावले आज नबिल बैंकको सर्वाधिक खरिद बिक्री भएको छ । बैंकको यस दिन २ करोड ५८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १५:३२