१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बरुण इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त


६ असाेज, काठमाडौं । बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्बन्धी सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गर्नुभएको छ । कम्पनीले कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणलाई गरी कुल १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागको हो ।

उर्जा क्षेत्रमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक सेयरधनीहरुबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीको ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको छ । कम्पनीमा एसजी गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ ।

बरुण इन्भेष्टमेन्ट बझाङ्ग स्थित १५.३३ मेगावाटको कलंगा हाइड्रो लिमिटड, ३८.४७ मेगावाटको सानीगाड हाइड्रो र १०.७० मेगावाटको बुङगल हाइड्रो गरी ३ वटा हाइड्रोपावर कम्पनीमा कुल ६४.४९ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी मुख्य लगानीकर्ता कम्पनीको रुपमा रहेको कम्पनीले जानकारी गराएको छ । हालै बरुण इन्भेष्टमेन्टले संखुवा खोलामा हाइड्रो प्रवद्र्धन र गुराँस हाइड्रो प्रा.लि. (४१.०६ मेगावा) मा पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १५:०५