४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

कहिले हुन्छ सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड ?


६ असाेज, काठमाडौं । अहिले आम लगानीकर्ताहरुलाई सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड कहिले होला भन्ने कौतुहल्ता लागेको छ । हाल आम लगानीकर्ताको चासोको बिषयमा रहेको यस कम्पनीको आईपीओ असोज ११ गते मंगलवार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलवार बिहानको ९ बजे बाँडफाँड गर्ने तयारी रहेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ प्रि अलोटमेन्ट भोलि असोज ७ गते शुक्रबार हुने भएको छ । उक्त कम्पनीको आइपीओमा झन्डै १६ गुणा बढी आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ११:०३