१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयो : नेता यादव

५ असाेज, हेटाैँडा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत काम गरेको बताएका छन् । आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आएका  नेता यादवले राष्ट्रपतिको कदमले मानवअधिकार खोसिएको बताए ।

पूर्वप्रधानमन्त्री र सरकारले पेश गरेको विधेयक अक्षरशः प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत भएको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गरे । उनले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भने ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १८:४७