७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

५ असोज, काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षकै हैसियतामा गठबन्धनको विज्ञप्तिमा हस्ताक्षर गर्दै आएकी दुर्गा पौडेलले बुधबारदेखि विज्ञप्तिमा हस्ताक्षर गर्न छाडेकी छिन । स्रोतका अनुसार उनी मंगलबारको बैठकमा सहभागी नै भएकी छैनन् ।

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निष्कर्ष निकाल्नका लागि बोलाएको बैठकमा जनामोर्चाका प्रतिनिधि पनि गएनन र विज्ञप्तिमा हस्ताक्षर पनि आएन । पाँच दलीय गठन्धन भनिए पनि चार दलका नेताहरूले मात्र हस्ताक्षर गरेका विज्ञप्ति निकालेका छन ।

गठबन्धन विभाजित बनेपछि चार दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १३:१७