१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिन म्याद थप


४ असाेज, काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको हो । अब कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुको लागि निष्काशन गरिरहेको आईपीओमा निष्काशन खुला रहने अवधी १५ दिन थप गरिएको जनाएको छ । यस बीचमा दशैंको विदा पर्ने भएकोले आयोजना प्रभावित स्थानीय वासिन्दाले असोज ३० गतेसम्म आवेदन दिन सकिनेन् ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो आईपीओमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिएको कुल १० प्रतिशत आईपीओमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४ः२५ः३ः१ः५ः१ अनुपातमा बाँडफाँड गरिने जनाएको छ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १७:४५