८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सेयर बजारमा ३८.८१ अकंको गिरावट, १ अर्ब २२ करोडको कारोबार


४ असाेज, काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम अझै रोकिएको छैन । मंगलबार पनि सेयर बजारमा भारि गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको छ ।

यस दिन २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था र एनएमबी फिफ्टीको सेयरमूल्य बढेको हो ।

कारोबारको हिसाबले आज हिमालयन डिस्टिलरीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५ करोड ६५ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कालिका पावर कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । आज कम्पनीको सेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १५:२७