१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा


४ असाेज, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असोज ४ गते मंगलबार) देखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।

लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले उक्त संस्थापक सेयर खरिदकका लागि असोज १२ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ११:२७