१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मलामी गएका १२ वर्षीय उत्तमसिंह धनाडी महाकालीमा वेपत्ता


२५ फागुन, बैतडी । मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १ः३० बजे महाकालीमा बेपत्ता भएका हुन् ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ०८:१४