८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमालेले टुंग्यायो ३३० समानुपातिक उम्मेदवार, बन्द सूची भोलि आयाेगमा बुझाइने (विज्ञप्ति)


२ असोज, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३३० जना समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएर बन्द सूची तयार गरेको छ । एमालेले प्रतिनिधिसभा र सात वटै प्रदेशसभाका लागि छुट्टाछुट्टै सूची तयार गरेर पार्टीको सचिवालय बैठकबाट पारित गरेको हो ।

अाइतबार अध्यक्ष केपी शर्मा अोलीको निजी निवास भक्तपुरको बालकोटमा बसेको सचिवालय बैठकले बन्द सूचीका लागि प्रक्रिया पुर्याएर समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएर पारित गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएका छन ।

विष्टले संवैधानिक प्रावधान अनुसार सबै क्लस्टर अुनसार सात प्रदेशको छुट्टाछुट्टै सूची र प्रतिनिधिसभाका लागि छुट्टै सूची तयार गरिएको जानकारी दिए । विष्टले दिएको जानकारी अुनसार प्रतिनिधिसभाका लागि ११० जनाको नाम बन्द सूचीका लागि तयार भएको छ ।

त्यस्तै प्रदेश नम्बर १ मा ३७ जना, मधेश प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेश १६ जना र सुदुरपश्चिम प्रदेशबाट ४३ जनाको नाम समानुपातिक उम्मेदवारको रूपमा टुंगिएको छ । कुन क्लस्टरबाट कति जना उम्मेदवार टुंगिए भन्नेबारेमा तलको विज्ञप्तिमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार २०:४१