१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नाईट क्लबमा समारिका-स्मारिकासँग बले, छन्दे र श्रीदेव


२ असोज, काठमाडाैँ । बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुब्रत आचार्य हुन् ।

गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा र्‍याप दिएका छन् ।

जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् । हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार २०:२२