८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने


३१ भदाै, काठमाडाैं । नेपालको डिजीटल बिकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ ।

प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ ।

अशोज महिना देखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ । उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने, ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ’। इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, ‘इसेवाले जहिलेपनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ’।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार २१:०९