१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

गलत नक्सा र निसान छाप प्रयोग नगर्न मन्त्री अर्यालको अाग्रह


२४ भदाै, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गलत नक्सा र निसान छाप प्रयोग नगर्न अाग्रह गरेकी छिन । अाइतबार पत्रकार सम्मेलनको अायोजना नै गरेर मन्त्री अर्यालले नापी बिभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्रै प्रयोग गर्न आग्रह गरेकी हुन ।

उनले नापी विभागले प्रकाशित गरेको आधिकारिक नेपालको नक्सा र निसान छापमात्र प्रयोग गर्न सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सञ्चारमाध्यमलाई अाग्रह गरिन ।

यसअघि नेपालका भूभाग नै नभएका गलत नक्सा र निशान छाप नै नक्कली प्रयोग भइरहेको समाचार सार्वजनिक भएको थियो । सबै सरकारी निकायलाई यसबारे आइतबारै पत्राचार गरिएको मन्त्री अर्यालले बताइन । उनले नक्सा र निसान छापमा कसरी त्रुटी भयो भन्ने कुरा छानविन गरेर पत्ता लगाउने पनि बताइन ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १२:०७