१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

२८ भदाै, काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार ११:०१