१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘प्रकाशमानः जसले बीपी, कृष्णप्रसाद र गणेशमानहरूको आत्मा पनि मारे’


रवीन्द्र मिश्र

लगातार १५ वर्ष (तीन पटकसांसद भइसकेका एकजना ‘बरिष्ठ नेताले मलाई नराम्रैसँग व्यङ्ग गर्नुभएछ। उहाँले यसअघिको चुनावमा त मेरो दिवंगत बुबालाई घोचपेच गर्नुभएको थियो। अहिले मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो:

पन्ध्र वर्ष सांसद हुँदासंसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयोउपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन ?

. संसद भनेको देशको नीतिनियम बनाउने थलो हो। तपाईंले तात्कालिक र दूरगामी राष्ट्रिय महत्वका केके विषयमा कति पटक बोल्नुभयो? बोल्नका लागि मात्र बोल्नुभयो कि त्यसको कुनै ठोस परिणाम पनि आयो ?

. तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद। राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्नसफासुघ्घरधुलोधुवाँ नियन्त्रितट्र्याफिकजाम न्यून बनाउनखुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो!

. काठमाडौँ सम्पदाको शहर हो। सम्पदा संरक्षणका लागि संसदमा कुनै आवाज उठाउनु भयो कि?

. बागमती नदी तपाईंको पनि निर्वाचन क्षेत्र भएर बग्छ। तपाईं युवा हुँदा बागमती नदीको पानी पिउन मिल्थ्यो। अहिले छुन पनि हिचकिचाउनु पर्छ। नदिनाला सफाईका लागि केही काम गर्नुभयो ?

त्यो सांसद विकास कोष भन्ने छ नित्यो खासमा बाहालवाला सांसदलाई ठेकदार बनाएर अर्को चुनाव जित्न सजिलो होस् भनि राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुने गरि छुट्याइएको बजेट हो। तपाईंले त्यो लिनु भयो कि भएनवास्तवमा भन्ने हो भने तपाईंले संसदमा त्यसको घनघोर विरोध गर्नु पर्थ्यो निहगी ?

तपाईं मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म हुँदा सुशासनभ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहका लागि केही काम गर्नुभयो कि? सुशासनका लागि सरकारी कर्मचारीहरूको दलीय’ युनियन हुनु हुँदैन भन्नुभयो? अनि नितपाईंको पार्टीको विद्यार्थी संगठनले विश्वविद्यालयमा ३ वर्षमा ३०० दिन तालावन्दी गर्दा र बेलाबखत तोडफोडमा उत्रिँदा विरोध गर्नुभयो ?

इमानदार र स्वच्छ छवि भएको नेपालको पहिलो महिला प्रधानन्यायाधिश सुशीला कार्कीलाई राजनीतिक स्वार्थका कारण महाअभियोग लगाउँदा त्यसको विरूद्ध बोल्नुभयो कि ?

साँच्ची, नेपाली पुरूषसँग विवाह गरे लगत्तै विदेशीलाई नागरिकता दिने तर देशभित्रकै महिला र पुरूषलाई विभेद गर्ने नागरिकता विधेयक तथा एमसीसीएसपीपीबारे चाहिँ तपाईंको धारणा के रह्यो ?

१०. द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानविन गर्ने त्यतिबेला भएका जघन्य अपराधका पीडितलाई न्याय दिलाउने सम्वन्धमा जुन अत्यधिक ढिलासुस्ती भएको छत्यसबारे खै तपाईंले कतै केही गर्नु भएन। त्यो त गम्भिर विषय हो नि। अलि चासो दिनु पर्थेन ?

११हुन तविचरा आफ्नै शुभेच्छुकसदस्यनेताको हातखुट्टा गिँड्ने, घाँटी रेट्नेहरूलाई भोट देऊ’ भन्दै हिँड्नु परेको छ। त्यो त अति भएन र भन्या ?

१२तपाईं पार्टीको उपसभापति र महामन्त्री हुँदा पार्टीभित्रको विकृति हटाउनपार्टीको आर्थिक पारदर्शिता बढाउन केही गर्नुभयो ?

१३अनि गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घढीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन ?

१४झण्डै एउटा कुरा विर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रेतपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् नकृपया।

१५तपाईंले मलाई दुई वर्ष पनि पार्टी टिकाउन नसक्ने भन्नु भएछ। मैले त बीपीकृष्ण प्रसाद र गणेशमानहरूको आदर्श नै यो देशको हितमा रहेछ भन्ने बोध भएपछि मार्ग परिवर्तन गरेको हुँ। गत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि अध्यक्ष पदबाट राजीनामा दिएको हुँ।

तपाईंले त ती तिनै महान् नेताका आत्मा मारिदिनुभयो । १५ वर्ष सांसदमन्त्रीउपप्रधानमन्त्रीपार्टीको उपसभापतिमहामन्त्री भएर खै केही गर्न सक्नुभएन। मौका पाए कोही नबस्ने देश बनाउनु भयो। राष्ट्रपतिदेखि प्रधानमन्त्रीसर्वोच्चप्रहरीप्रशासनअख्तियारसबैलाई राजनीतिकृत, भ्रष्ट र असक्षम बनाइदिनुभयो। खै के भनुँ! अहिले बेकारमा मलाई व्यङ्ग गर्नु हुन्छ। मैले त पार्टी अध्यक्षबाट राजीनामा दिएँ, तपाईं चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?

मनमा खर्रर आएको मात्र लेखेको हुँ। अहिलेलाई यति नै। छुटेका कुरा पछि गर्दै जाउँला। नमरी बाँचेकालले साँचे भेटौँला कुनै दिन!

तपाईंको व्यंग योग्य नवराजनीतिकर्मी
रवीन्द्र मिश्र

(मिश्रले इमेलमा प्रेषित गरेको विचार समसामयिक भएकाले विचार स्तम्भमा राखेर प्रकाशित गरेका छाैँः सम्पादक)

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार २२:४०