१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भारतमा हुने सैन्य अभ्यासमा सहभागी नहुन नेपाली सेनालार्इ प्रधानमन्त्री अोलीको निर्देशन


२४ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा सहभागी नहुन नेपाली सेनालार्इ निर्देशन दिएका छन । नेपालको सहभागिताका विषयलाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । यही भदौको २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ ।

उक्त सैन्य अभ्यासमा नेपालले सहभागिता जनाउन नहुने भन्दै नेकपाका नेता तथा पूर्व रक्षा र गृहमन्त्री भीम रावलले चर्को अावाज उठाउँदै अाएका थिए । रावलको अावाजलार्इ केही कांग्रेस नेताले समेत साथ दिएका थिए । प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना तीव्र अालोचना भएको थियो ।

प्रधानमन्त्रीको निर्देशनसँगै नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ । नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयारी गरेका थिए ।  पुणे संयुक्त सैन्य अभ्यासमा सहभागी हुने तयारीमा रहेका थाइल्यान्ड र म्यान्मारले समेत पुनर्विचार गर्ने भएका छन ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार ०६:३५