१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३० वर्षपछि अष्ट्रेलियाबाट नेपालमा मन्त्रीस्तरिय भ्रमण हुँदै, तयारीमा जुट्यो दूतावास


२५ भदाै, एडिलेड । ३० वर्षपछि अष्ट्रेलियाबाट नेपालमा मन्त्रीस्तरिय भ्रमण हुने भएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले दक्षिण अष्ट्र्रेलियाको एडिलेटमा नेपाली वाणिज्यदूतावासद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जानकारी दिएकी हुन ।

उनले सन् २०२३ मा अष्ट्रेलियाबाट मन्त्रीस्तरिय भ्रमण हुने सम्भावना रहेको सोही समयमा नेपालको काठमाडाैँमा भिसा कार्यालय खोल्नेबारेमा छलफल हुने गरी तयारी भैरहेको जानकारी दिइन । यसअघि भिसा कार्यालय रहेको भए पनि अष्ट्रेलियाले बन्द गरेको थियो । राजदूत भोल्कले आफू सकारात्मक भएर मन्त्रीको भ्रमणको तयारी र भिसा कार्यालय पुनः सञ्चालन गर्ने काममा लागेको बताइन ।

राजदूत भोल्कले अष्ट्रेलियाको विकासमा नेपाली समूदायको  भूमिका महत्वपूर्ण रहेको बताइन । उनले पछिल्लो समय नेपालको उच्च राजनीतिक प्रशासकनिक नेतृत्वसँग समेत कुरा भैरहेको बताउदै धेरै अष्ट्रेलियनहरू नेपालमा लगानी गर्न इच्छु रहेको जानकारी दिइन् । उनले भिसा प्रक्रिया बारेमा बाहिर आएको हल्ला जस्तो नभएर कागत पत्र पुगेकाहरुको भिसा लागेको र पछिल्लो समयको अनावश्यक हल्लाको पछि विश्वास नगर्न समेत आग्रह गरिन ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १९:४१