१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खुकुरी प्रहारबाट दुईजना गम्भीर घाइते


२५ फागुन, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् ।

रुकुम (पूर्व) भुमे गाउँपालिका–३ का १८ वर्षीय रवीन सुनारले विहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका –६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन् ।

उनीहरु तीनैजना रुकुम (पश्चिम) जिल्ला सदरमुकाम मुसीकोट खलंगामा बस्दै आएका थिए । आपसी विवादमा उनीहरुबीच झडप भएको प्रहरीको भनाइ छ । घाइतेको मेडिकल कलेज, कोहलपुर, बाँकेमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । समयमा काम पूरा नगर्ने निकाय कारवाहीमा पर्ने

२४ फागुन सप्तरी । सप्तरीमा भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगरे सम्बन्धित निकाय कारवाहीमा पर्ने भएको छ ।

प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले मधेशमा काम नगर्ने, ढिलासुस्ती गर्ने तथा गुणस्तरहीन काम गर्नेलाई बर्खास्त गर्न सकिने बताए । विकास निर्माणका दृष्टिले प्रदेश नं २ अत्यन्त पछाडि रहेकाले तीव्ररुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री सोनलले केन्द्रीय सरकारको विकास निर्माणको कामलाई निगरानी र खबरदारी गर्ने काम प्रदेशले गर्ने बताउँदै निर्माणसम्बन्धी काम समयमा पूरा नहुनाको मुख्य कारण निर्माण कम्पनीले एकदमै घटाएर काम गर्ने जिम्मा लिने गरेकोप्रति चिन्ता व्यक्त गरे । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ०८:०३