१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथ द्वितियको ९६ वर्षको उमेरमा निधन


२३ भदाै, काठमाडाैँ ।  बेलायतमा ७० वर्ष शासन गरेकी एलिजाबेथ द्वितियको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको ९६ वर्षको उमेरमा बालमोरलमा निधन भएको बीबीसीले जनाएको छ ।

एलिजाबेथ द्वितियको स्वास्थ्य गम्भीर अवस्थामा पुगेपछि बिहीबार परिवारका सबै सदस्य जम्मा भएका थिए । एलिजाबेथ द्वितिय सन् १९५२ मा बेलायती सिंहासनमा बसेकी थिइन ।

महारानी एलिजाबेथ द्वितीयको राज्य प्रमुखको कार्यकालमा युद्धपछिको तपस्या, शीतयुद्धको अन्त्य र युरोपेली संघमा बेलायतको प्रवेश र संघबाट बाहिरिने प्रक्रिया भएको थियो । उनको कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री भएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार २३:५०