१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त


२३ भदाै, काठमाडाैं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा शेखर बराल नियुक्त भएका छन् । बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । राष्ट्रिय बीमा कम्पनीको बिहिबा। बसेको संचालक समितिले बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट क्रमश सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम सिफारिस गरेको थियो । बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गरेका छन् । बरालले आइतबारदेखि नै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सिइओको कार्यभार सम्हाल्नेछन।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १५:४७