१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रचण्ड र मोदीबीच मिनरल वाटरको रुपमा सगरमाथाको पानी बेच्ने सल्लाह


२३ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन । भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले शनिबार दिउँसो मोदीसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डले सगरमाथाको पानीलाई मिनरल वाटरको रुपमा विश्वभरी लैजान सहकार्य गर्नेबारे मोदीसँग कुरा गरेको प्रचण्डको निजी सचिवालयले जनाकएको छ । भेटमा नेपाल र भारतमा भएका शक्तिपीठहरुको एक वृहत्तर सर्किट बनाउने विषयमा समेत छलफल भएको थियो ।

भेटमा पछिल्लो समयमा भएका दुई प्रधानमन्त्रीका भ्रमणका क्रममा भएका सहमति, दुई देशको आपसी हित र विकास निर्माणबारे छलफल भएको थियो । प्रचण्डले आफू प्रधानमन्त्रीका रुपमा भ्रमणमा आउँदा भएका सहमतिहरु पनि स्मरण गराएका छन् । ‘कास्कीमा पोलिटेक्निकल इस्टिच्युट स्थापना गर्न भारत सरकारले सहयोग गर्ने भन्ने बिषयमा पनि कुराकानी भएको छ’ प्रेस नोटमा भनिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १९:४६