१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

साफ च्याम्पियनसिप फुटबलः बंगलादेशविरुद्ध नेपाललार्इ अग्रता


२३ भदौ, काठमाडाैँ । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्ध नेपाललार्इ अग्रता मिलेको छ । बंगलादेशकाे राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी पहिलो हाफको ३३ औं मिनेटमा नेपालका लागि बिमल घर्तीमगरले लामो फ्रि किकमा गोल गरेका हुन ।

बंगलादेशविरुद्ध नेपालको कप्तानी भरत खवासले गरिरहेका छन् । सेमिफाइनलमा स्थान बनाउन नेपाललाई जित्नैपर्ने दबाव भने छ भने बंगलादेशलाई बराबरी भए पुग्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १९:३०