८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


२२ भदाै, काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (भदौ २२ गते, बुधबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले २१ लाख ५७ हजार ६ सय १५ सय कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य ३ सय २५ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताहरूले ३ सय २५ रुपैयाँ वा त्यो भन्दा बढी मूल्यमा आवेदन दिन सक्नेछन् । उक्त संस्थापक समूहको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक व्यक्ति वा संस्थाले कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौंमा के कति सेयर खरीद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १२:३६