१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पूर्णिमाको हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य


२१ भदौ, काठमाडौँ । गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । पूर्णिमा पेशाले फोटो पत्रकारसमेत हुन । उनले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहको आरोहण गरिसकेकी छिन ।

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिनन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

हस्ताक्षर समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । पूर्णिमाले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरावन्ति भएको र हौसला मिलेकोे बताइन ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १४:४२