११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

स्व.पत्रकार कर्ण बोहरा स्मृति कप दोस्रो संकरण क्रिकेट प्रतियोगिता हुने


२३ भदाै, कञ्चनपुर । कञ्चनपुरका स्वर्गिय पत्रकार कर्ण बोहराको सम्झनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । महाकाली स्पोटर्स सोसाईटीको आयोजनामा असोज दोस्रोसातादेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । शनिबार महाकाली स्पोटर्स सोसाईटीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै १७ आसोजदेखि १ कार्तिक सम्म उक्त प्रतियोगिता संचालन गर्ने जनाएको छ ।

महाकाली स्पोटर्स सोसाईटीका अध्यक्ष सुमन भट्टले स्वर्गिय पत्रकार बोहराको सम्झना र यस क्षेत्रको क्रिकेट खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनका अननुसार दोस्रो संकरण प्रतियोगितामा गत बर्षको भन्दा यस बर्ष पुरस्कारको राशी बढाईने छ । गत बर्ष प्रथम पुरस्कार नगद १ लाख सहित मेडल प्रदान गरिएको थियो । प्रतियोगिताबाट उठेको रकम पत्रकार बोहराको घरमा दिइने अधक्ष्य भट्टले बताए । प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहने अध्यक्ष भट्टले बताए ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले पत्रकारको नामको प्रतियोगिताले समग्र पत्रकारको पेशागत मर्यादा उचाईमा पुग्ने बताए । स्व.पत्रकार बोहराले यस ७ नम्बर प्रदेशको विकासका लागि संचारका क्षेत्रबाट अतुलनिय सहयोग गरेको अध्यक्ष अवस्थीले टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुर र माउण्टेन टेलिभिजन,जनता टेलिभिजन तथा पश्चिम नेपाल दैनिक मिडियाहरुको सहयोगमा प्रतियोगिता संचालन हुने छ । माउण्टेन टेलिभिजनका सम्बाददाता पुष्कर भट्ट प्रतियोगिताका संयोजक रहेका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष एव न्यूज २४ टिभीका सुदूरपश्चिम ब्यूरो प्रमुख एव स्थानीय पश्चिम नेपाल दैनिकका सम्पादक बोहराको २०७३ सालमा काठमाडौंमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १५:२८